मदन भण्डारीको घर हेरचाह गरेका घनश्यामको परिवार भन्छन्, ‘कम्युनिष्टले केही गरेनन् भनेको घरबाट निस्की भनियो' — OSNepal

मदन भण्डारीको घर हेरचाह गरेका घनश्यामको परिवार भन्छन्, ‘कम्युनिष्टले केही गरेनन् भनेको घरबाट निस्की भनियो’

LC (KTM) May 17, 2021 0

वल वैंश हुँदा मोरङको रतुमाई सातमेडीस्थित जननेता स्वर्गीय मदन भण्डारीको घर संरक्षण र हेरचाहमा जीवन विताएका घनश्याम भण्डारीको परिवारलाई कम्युनिष्ट बिरोधी अभिब्यक्ति दिएको आरोपमा घर निकालाको तयारी गरिएको छ।राष्ट्रपति विद्या भण्डारीको श्रीमानसमेत रहेका मदनको घर रेखदेख गर्दै आएका भण्डारी यति बेला निकै दुःखी छन्।भण्डारीको परिवारलाई मदनग्राम पूर्वाधार संरक्षण समितिका संयोजक शिवराज पौडेलले बसाई हिँड्न चेतावनी दिएपछि उनी थप तनावमा परेका हुन्।

‘संस्थाले बोलाएपछि २०६३ सालमा इलामबाट आएर जननेता मदन निवासको हेरचाह गरियो, अहिले हामीलाई निकाल्ने तयारी भईरहेको छ’, भण्डारीले दुःखी हुँदै भने, ‘हामीले गरेको देनको कदर त कुरै छोडौं, अहिले आएर घर निकालाको तयारी भईरहेको छ।’

भण्डारीसँगै श्रीमती यसोदा र २ छोरा पनि सँगै बस्दै आएका छन्। २०६३ साल अगाडि खाली रहेको यो घर अहिले यहीँ परिवारको संरक्षणमा छ।‘आफूहरू गरिखाँदै गरेको मान्छे त्यहाँ आउँदा के सुविधा छ कतै पछि दुःख त पाउँदैनौं फुत्त निस्किएर जा त भन्नुहुन्न नि भन्दा तपाईँहरूलाई एउटा सानो घर हुन्छ, संस्थाले त्यस्तो गर्दैन भनेपछि घर रुघ्न आएका हौ,’ उनले भने।

तर पछिल्लो समय संस्थाका तर्फबाट शिवाराजले उनीहरूलाई निस्केर जान भनेका छन्। ‘तँ अन्तै जाँ कतै जग्गा खोज्छस् कि के गर्छस्, अब संस्थाले नै घरको सबै काम गर्छ, मेरो त भन्ने काम हो भनिदिएँ। अब निस्किहाल् भन्दै शिवराजले भनेको घनश्यामले सुनाए।‘म अनपढ मान्छे बोल्न पनि जान्दिनँ, जे बोल्छु साँचो बोल्छु, यो घरको बारे नराम्रो अभिब्यक्ति कतै पनि दिएको छैन, घनश्याम भन्छन्, ‘घरको धेरै माया लाग्छ यतिका वर्षसम्म रूघियो, हेरियो। अहिले आएर यता न उताको बनाईयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर