ओली पथमा हिडेका पोखरेलले आफ्नो संवैधानिक कर्तव्य र राजनीतिक नैतिकता एकसाथ भुलेको सत्ता पक्षको आरोप — OSNepal

ओली पथमा हिडेका पोखरेलले आफ्नो संवैधानिक कर्तव्य र राजनीतिक नैतिकता एकसाथ भुलेको सत्ता पक्षको आरोप

LC (KTM) August 11, 2021 0

काठमाडौँ २७ साउन । लुम्बिनी प्रदेशसभाको बैठकमा शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वहिष्कार गरेको छ ।

पोखरेल विरुद्धको परेको अविश्वासको प्रस्तावमा छलफल गर्न बोलाइएको बैठकमा एमाले उपस्थित नभएपछि नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मुख्यमन्त्रीसँग बहुमत छ भने अविश्वासको मत असफल बनाउनुभएको हुन्थ्यो, नत्र सामना गर्नु उहाँको संवैधानिक कर्तव्य भएको बताएका छन् ।

राष्ट्रिय व्यक्तित्व बनेका पोखरेलले आफ्नो व्यक्तित्वको रक्षा गर्न असफल भए भने उनी केपी ओली पथमा हिडेकाले आफ्नो संवैधानिक कर्तव्य र राजनीतिक नैतिकता एकसाथ पोखरेलको भुलेको सत्तापक्षले आरोप लगाएको छ ।

पोखरेलले आज बैठक बस्नु अगावै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर