लोडसेडिङलाई अन्त्य गरेर सबै जनताको 'हाई हाई' पाएका घिसिङले बुझे विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र — OSNepal

लोडसेडिङलाई अन्त्य गरेर सबै जनताको ‘हाई हाई’ पाएका घिसिङले बुझे विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र

LC (KTM) August 11, 2021 0

काठमाडौँ २७ साउन । कुलमान घिसिङले पुन एक पटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै आज बुधबार घिसिङले नियुक्त पत्र बुझेका हुन् ।

आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।

लोडसेडिङलाई अन्त्य गरेर सबै नेपालीको हाइ हाइ पाएका घिसिङ ११ महिना पछि फेरि नियुक्त भएका हुन् । उनी गत साल भदौमा आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरेर प्राधिकरणबाट विदा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर