विजय गच्छदारलाई हराउन नसकिने भयो भन्ने ठानेपछि ओली सरकारले ललितानिवास जग्गा प्रकरणमा झुठो मुद्धा बनाएर भसायो — OSNepal

विजय गच्छदारलाई हराउन नसकिने भयो भन्ने ठानेपछि ओली सरकारले ललितानिवास जग्गा प्रकरणमा झुठो मुद्धा बनाएर भसायो

LC (KTM) August 11, 2021 0

काठमाडौँ २७ साउन । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेकपाका अध्यक्ष केपी ओली सरकारको समयमा आफुमाथि मुद्धा लगाएर राजनीति भविष्य नै समाप्त पार्ने गरी आफूलाई फसाउन ललितानिवास जग्गा प्रकरणमा तानिएको बताएका छन् ।

गच्छदारले आज बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ओली सरकारल आफुलाई हराउन नसके पछि ललितानिवास जग्गा प्रकरणमा झुठो मुद्धा बनाएर आफुलाई भसाएको बताएका हुन् ।

नेपाली कांग्रेस ठूलो पार्टी बन्दै छ अब, विजय गच्छदारलाई हराउन नसकिने भयो, अन्य ढंगले पनि तह लगाउन नसकिने भयो भनेपछि ललितानिवास प्रकरणमा तान्ने प्रयास भएको दावी गर्दै कार्यक्रममा उनले प्रश्न गरे , “भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको नामसारी गर्छ ?”

सरकारसँग प्रतिशोध दिन ओली सरकारले ललितानिवास प्रकरणमा प्रत्यक्ष जोडिएकाहरुलाई संरक्षण दिएर राज्यको एउटा महत्वपूर्ण निकायलाई भने दुरुपयोग गरिएको गच्छादारले आरोप लगाएका छन् ।

गच्छदारले ललितानिवास प्रकरणको विषयमा कार्यक्रममा भने, ‘प्रधानमन्त्री निवास, सभामुख र राष्ट्रियसभा अध्यक्ष निवास र प्रधानन्यायाधीश निवास पनि त्यहीँ छ, राष्ट्र बैंकको प्रमुख खजाना पनि त्यहीँ छ, त्यो हाम्रा संस्थापक नेता पूर्वसभापति सुवर्णशमशेरज्यूको दरबार हो । २०१८ सालमा महेन्द्रले त्यो खोसेका हुन् । २१÷२२ सालमा मोहियानी हक लागेको हो । त्यहीँ बस्ने प्रधानमन्त्रीहरुलाई पनि थाहा छैन ललितानिवास प्रकरणमा के भयो भनेर’ ।

गत असार ३० गते १० लाख धरौटीमा छुटेका गच्छादारले आफुलाई कसैले तह लगाउन सकेन भनेपछि यस्तो कार्य गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर