लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको रिट न्यायाधीश भट्टराईको इजलासमा — OSNepal

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको रिट न्यायाधीश भट्टराईको इजलासमा

LC (KTM) August 11, 2021 0

काठमाडौँ २७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाउने निणर्यविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुन भएको छ ।

न्यायाधिश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको रिट आज आठौं नम्बरमा परेको छ । हिजो १० नम्बरमा परेको रिट हेर्न नभ्याइने सुचीमा राखिएको थियो ।

आज मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल दिउँसो १ बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक पनि बस्दै छ ।

मुख्यमन्त्री पोखरेलका तर्फबाट प्रदेशसभा सांसद लीला गिरीले रिट दायर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर