लिफ्टमा खेल्न गएको भन्दै होटल व्यवसायीले लिफ्टमा बन्द गरी १३ वर्षीय बालकलाई निर्घात रुपमा कुट्ने ३ जना समातिए — OSNepal

लिफ्टमा खेल्न गएको भन्दै होटल व्यवसायीले लिफ्टमा बन्द गरी १३ वर्षीय बालकलाई निर्घात रुपमा कुट्ने ३ जना समातिए

LC (KTM) August 11, 2021 0

धनुषा- होटलको लिफ्टमा खेल्न गएका बालकलाई निर्घात कुटपिट गरेको आरोपमा व्यवसायी अमरनाथ गुप्तासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमागायत्री कुञ्ज अतिथि सदनका सञ्चालक अमरनाथ गुप्ता, होटेलका कर्मचारी रहेका महोत्तरीको मनरा सिस्वा नगरपालिका बस्ने ३३ वर्षीय रामपुकार ठाकुर र ३८ वर्षीय सुभाष कुमार साह रहेका छन् ।

मङ्गलबार साँझ अमरनाथ गुप्ताको होटेल गायत्री कुञ्ज अतिथि सदनमा रहेको लिफ्टमा खेल्न गएका १३ वर्षीय बालकलाई उनीहरुले निर्घात रुपमा कुटपिट गरेको बताइएको छ ।

बालकलाई लिफ्टमा बन्द गरी कुटपिट गरेको अवस्थामा स्थानीयले देखेपछि ती बालकलाई जोगाउँदै तत्कालै स्थानीय जानकी प्रहरी चौकीलाई जानकारी गराएको बताइएको छ ।

होटलका सञ्चालक अमरनाथ गुप्ताकै निर्देशनमा कुटपिट गरिएको बालकका बुवा सञ्जय ठाकुरलाई समेत ती कर्मचारीहरूले कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर