काठमाडौँ ३ जेठ । नेकपा माओवादी केन्द्रका नवनियुक्त दुई जना प्रदेशसभा सदस्यले मन्त्रीले शपथ ग्रहण गरेका छन् । हिजो आइतबार कर्णाली प्रदेश सरकारमा नियुक्त भएका दुई मन्त्रीले आज प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ लिएका हुन् ।
हिजो आइतबार मुख्यमन्त्री महेन्द्र बहादर शाहीले सांसद सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए ।