विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिबारे बाबुराम भट्टराईले प्रतिक्रिया दिँदै भने कस्ता दिन आए ! — OSNepal

विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिबारे बाबुराम भट्टराईले प्रतिक्रिया दिँदै भने कस्ता दिन आए !

LC (KTM) August 11, 2021 0

काठमाडौं -सत्तारुढ जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिको विषयमा भएको प्रचारबारे असन्तोष प्रकट गरेका छन् । उनले सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै असन्तोष प्रकट गरेका हुन् । उनले घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग थियो भन्न जरुरी नरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै डा। भट्टराईले भनेका छन्, ‘कुलमानको कमब्याक स्वागतयोग्य छ, बधाइ । तर, उनको नियुक्तिमा कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग, कसको असहमति, कसको असहयोग, कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ ? कस्ता दिन आए….!!’ ।

कुलमानको नियुक्ति प्रचण्डको प्रस्ताव, प्रधानमन्त्रीको सहमति र ऊर्जामन्त्रीको सहयोगमा भएको भन्ने खालको समाचार बाहिर आएका थिए । यसपछि बाबुरामले यस्तो प्रतिकृया दिएका हुन् । तथापि कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउने सरकारको निर्णय स्वागतयोग्य नै भएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर