प्रदेश सरकारको सहयोगमा घलेगाउँ र भुजुङमा ४१ वटा सोलार बत्ती वितरण — OSNepal

प्रदेश सरकारको सहयोगमा घलेगाउँ र भुजुङमा ४१ वटा सोलार बत्ती वितरण

LC (KTM) May 17, 2021 0

लमजुङ, ३ जेठ- गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले आज वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो ।

गाउँपालिकाका अनुसार घलेगाउँमा पाँच, भुजुङ र सिंदीमा १८÷१८ वटा गरी ४१ वटा सोलार बत्ती वितरण गरेको हो । पर्यटकीय गाउँ र रातिको समयमा यहाँका विभिन्न गाउँमा आउने पर्यटकदेखि स्थानीयलाई असहज भएकाले सहजताको लागि सोलार बत्ती वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय गाउँ भुजुङ, घलेगाउँ र सिंदीलाई सोलार वत्ती वितरण गर्ने निर्णय गरिएको हो ।” सोलार बत्ती जडान भएपछि बत्ती गएको सयमामा पनि पाहुनाको स्वागत सत्कारसँगै सार्वजनिक कार्यहरु सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, राति हुने विभिन्न घटनामा सोलार बत्तीले स्थानीयलाई धेरै सहज पुग्ने बताइएको छ । ती सोलारहरु ती गाउँका मुख्य बाटो, सार्वजनिक स्थल पार्टी पौवामा सोलार बत्ती जडान गरिने भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन गरेको रु ५० लाखबाट सोलार बत्ती खरीद गरी वितरण गरेको गाउँपालिकाले जनाएको छ । सोलार बत्ती जडानपश्चात् रातिको समेमा बिजुली नहुँदा समेत धेरै सहज तथा सुरक्षा महशुस हुने भन्दै ती गाउँका स्थानीयवासीहरु उत्साहित एवं हर्षित भएका छन् । घरवास पर्यटनका लागि प्रसिद्ध घलेगाउँ, भुजुङमा धेरै पर्यटक आउने गर्दछन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर