अष्ट्रेलिया नेपाली समाजद्वारा बाढी प्रभावितलाई सहयोग — OSNepal

अष्ट्रेलिया नेपाली समाजद्वारा बाढी प्रभावितलाई सहयोग

LC (KTM) August 11, 2021 0

अष्ट्रेलियाको ब्रिसवेनवासी नेपाली समाज र युनाइटेड गोर्खा भलिबल क्लबद्वारा संकलित रकम मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरुलाई सहयोग गरिएको छ । अष्ट्रेलिया निवासी जयबिक्रम सिलवालको सहकार्यमा संकलित नेपाली रुपियाँ ३ लाख १४ हजार १ सय रकम हस्तान्तरण गरिएको हो । आज मेलम्चीमा कार्यक्रम गरी समाजसेवी गणेशबिक्रम सिलवाल र किरणदीप खड्काले प्रभावितहरुलाई संकलित रकम हस्तान्तरण गर्नुभएको हो ।

संकलित रकमबाट मेलम्ची बजार पुनर्निर्माण तथा सरोकार समितिलाई रु १ लाख, पाँचपोखरी थाङपाल गाउँपालिकालाई रु ५० हजार, चनौटे युवा क्लबलाई रु ३० हजार, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ लाई रु ३० हजार, हेलम्बु गाउँपालिकालाई ५० हजार, तेर्से माविलाई ४० हजार र रेडियो मेलम्चीलाई १४ हजार १ सय प्रदान गरिएको छ । त्यसैगरी फ्रान्समा बस्ने नीराजन खड्का, क्यानडाका प्रतिज्ञा कार्की, उदयपुरका सन्तोष दाहाल, सविता खड्का, लोकेन्द्र तामाङ र राष्ट्रिय मावि, उदयपुर, गाईघाट २०६२ व्याचबाट संकलित रकम पनि प्रदान गरिएको छ । सो रकमबाट अन्य प्रभावितलाई २६ हजार र मेलम्ची बजार पुनर्निर्माण तथा सरोकार समितिलाई १५ हजार हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बाढी प्रभावितहरुको तर्फबाट सागरकुमार श्रेष्ठले सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सहयोग रकमले मेलम्ची बजारको संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर