केपी ओलीको ट्रस्टबाट सरकारले गर्यो ६९ रोपनी जग्गा जफत — OSNepal

केपी ओलीको ट्रस्टबाट सरकारले गर्यो ६९ रोपनी जग्गा जफत

LC (KTM) August 11, 2021 0

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा रहेको नको जन्मथलो तेह्रथुममा स्थापित ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेको छ। ओलीको ट्रस्टको नाममा सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि सरकारले उक्त जग्गा जफत गरेको हो ।

भूमि व्यवस्था मन्त्रालयका अनुसार २०७८ असार २१ को निर्णयबाट ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याइएको होनेपालको कानुनले पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा एकै व्यक्ति वा संस्थाको स्वामित्वमा राख्न पाइन्न। ट्रस्टको अध्यक्ष ओली पत्नी राधिका शाक्य रहेकी छन् ।

ओली प्रधानमन्त्री भएकै समयमा उक्त जग्गा किनिएको थियो। हदबन्दीभन्दा धेरै जग्गा राख्न मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ । सरकारले हदबन्दीभन्दा बढी भएको ६१ रोपनी जग्गा जफत गरेपछि ओलीको नाममा खोलिएको ट्रस्टमा ७४ रोपनी जग्गा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर