भोली बाट बिद्युत प्राधिकरणमा कुलमान घिसिङ आउने संकेत , सारा नेपालीमा छायो खुशीयाली — OSNepal

भोली बाट बिद्युत प्राधिकरणमा कुलमान घिसिङ आउने संकेत , सारा नेपालीमा छायो खुशीयाली

LC (KTM) August 10, 2021 0

अन्ततः नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङ नै आउने पक्का भएको छ । केपी शर्मा ओलीको सरकारले कुलमान लाई पुनः नियुक्ती नगरे पछि जनताहरु आक्रोशीत हुदै आएका थिए । तर अब नेपाल बिद्युत प्राधिकरणमा उनको कम ब्याक हुने कुराले सबैतिर खुशीयाली छाएको छ ।

ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरे पनि यसको आधिकारीक जानकारी आईसकेको छैन । बिशेष स्रोतका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई नियुक्त गरिसकेको कुरा जानकारी दिईसकेको छ ।

अहिलेका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देब शाक्य लाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ । शाक्यलाई चित्त बुझाएरै उक्त आयोगमा सरुवा गरिएको बुझिएको छ ।

उनले यसअघि पनि आफुलाई सम्मान जनक ढंगले अन्याय नहुने गरी जहाँ सरुवा गरे पनि जाने बताईसकेका थिए । कुलमान आउने भए पछि सामाजिक सञ्जाल रंगीएको छ । उनलाई बधाइ दिनेहरुको भीड नै देखीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर