सञ्चालनमा आयो लगातारको वर्षाका कारण बिहानैदेखि अवरुद्ध भएको महाकाली राजमार्ग — OSNepal

सञ्चालनमा आयो लगातारको वर्षाका कारण बिहानैदेखि अवरुद्ध भएको महाकाली राजमार्ग

LC (KTM) August 10, 2021 0

लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत बन्द भएको थियो । पहिरोलाई दुईवटा जेसिबीको सहयाताले पन्छाएपछि दिउँसोदेखि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग खुलेसँगै राजमार्ग पूर्णरुपमा सञ्चालमा आएको र रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

सडक विस्तारको काम चलिरहेको उक्त सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताउनुभयो । पहिरो पन्छाएर सवारी आवागमन शुरु भएको भएपनि उक्त क्षेत्रमा फेरि पहिरो खस्ने जोखिम रहेको बताइएको छ । गत असारदेखि हालसम्म पहिरोका कारण उक्त क्षेत्रमा १५ भन्दा बढी पटक सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर