विभिन्न हातहतियारसहित २ जना पक्राउ — OSNepal

विभिन्न हातहतियारसहित २ जना पक्राउ

LC (KTM) August 10, 2021 0

कैलाली २६ साउन । विभिन्न हातहतियार सहित प्रहरीले २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ बस्ने ४६ वर्षीय मोहित कुमार शाह र जिपमा सवार कैलारी गाँउपालिका ९ बस्ने ५३ वर्षीय खेम राज चौधरी रहेका छन् ।

बा.१७ च १३१२ नम्बरको जिप लुकाइ राखेको अवस्थामा १ थान बाह्रबोर बन्दुक, सोही बन्दुकको कार्टिज १ थान र १ थान पोईन्ट टुटु राइफल र सोही राईफलको १० राउण्ड गोलीसहित गौरीगंगा नगरपालिका ९ शंकरपुरस्थित सडकबाट ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि हातहतियार खरखजाना शीर्षक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर