परमादेशबाट बनेको सरकार कति दिन सम्म एमसीसीको विषयबाट भाग्न सक्छ : विष्णु रिजाल — OSNepal

परमादेशबाट बनेको सरकार कति दिन सम्म एमसीसीको विषयबाट भाग्न सक्छ : विष्णु रिजाल

LC (KTM) August 10, 2021 0

काठमाडौं २६ साउन । प्रमुख पतिपक्षी दल नेकपा एमालेका नेता विष्णु रिजालले आफुहरु प्रतिपक्ष भएकाले निरन्तर प्रश्न उठाउने बताएका छन् ।

नेता रिजालले एमसीसीको विषयमा गठवन्धन सरकारले ल्याएको साझा कार्यक्रममा केहि विषय पनि नउठाएको भन्दै प्रतिपक्ष भएपछि निरन्तर प्रश्न गरिरहेने बताएका हुन् ।

उनले भनेका छन्, परमादेशबाट बनेको सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीका बारेमा आश्चर्यजनक रूपमा मौन रहे पनि कति दिन यसरी विषयबाट भाग्न सक्नुहुन्छ र मित्रहरू ?

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले लेखेका छन्, हामी प्रमुख प्रतिपक्ष हौं- प्रश्न उठाउँछौं, उठाइरहन्छौं !अमेरिकासँग एमसीसी सम्झौता सेप्टेम्बर १४, २०१७ मा कांग्रेस(माओवादीको सरकारले गरेको थियो । बीचमा नेकपा (एमाले) नेतृत्वको सरकारले संसद्मा दर्ता गर्दा माओवादी र उसका दुबै सभामुखले अघि बढ्न दिनुभएन । अहिले फेरि कांग्रेस(माओवादीको सरकार बनेको छ । परमादेशबाट बनेको सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीका बारेमा आश्चर्यजनक रूपमा मौन रहे पनि कति दिन यसरी विषयबाट भाग्न सक्नुहुन्छ र मित्रहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर