पिएसजी संगको संझौताका लागि चर्चित फुटबलर मेस्सी पेरिस प्रस्थान, बार्सिलोनमा रहदा जस्तै के अब देखाउलान त कमाल ? — OSNepal

पिएसजी संगको संझौताका लागि चर्चित फुटबलर मेस्सी पेरिस प्रस्थान, बार्सिलोनमा रहदा जस्तै के अब देखाउलान त कमाल ?

LC (KTM) August 10, 2021 0

चर्चित फुटबलर तथा गोल मेसीनका रुपमा चिनिएका लियोनल मेस्सी आज फ्रान्सको पेरिस तर्फ प्रस्थान गरेका छन् । उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी सँगको सम्झौताका लागि फ्रान्सको पेरिस प्रस्थान गरेका हुन् ।

बार्सिलोना छोडेका अर्जेन्टिनाका कप्तान मेस्सी आज बार्सिलोनाबाट पेरिसका लागि उडेका छन् । फ्रेन्च क्लब पीएसजीसँग २ वर्षको लागि संझौता गर्ने सहमति बने संगै उनी पेरिस तर्फ प्रस्थान गरेका हुन् । २१ वर्षपछि बार्सिलोना छाडेर मेस्सी फ्रेन्च क्लब पीएसजीमा आबद्द हुन लागेका हुन् ।

बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए । बार्सिलोना छोड्ने निर्णय संगै उनका फ्यानहरु निराश भएका थिए । तर पीएसजीमा आबद्ध रहेर खेल्ने संझौता बनेपछि उनका फ्यानहरुले केही राहत महशुस गरेका छन् । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेस्सी वार्षिक ३५ मिलियन युरोमा पीएसजीमा आवद्ध हुन लागेका हुन्। मेस्सीले बार्सिलोनामा २१ वर्ष रहदा ७७८ खेलमा ६७२ गोल गरेका थिए। यस अवधिमा उनले ६ पटक बालोन डी ओर जितेका छन्। उनले बार्सिलोनाबाट १० ला लिगा, चार च्याम्पियन्स लिग र सात पटक कोपा डल रेको उपाधि जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर