ओलीमाथि नेपालको आक्रोश : अब हामी ओलीको टाङमुनि छिर्नेवाला छैर्नौं — OSNepal

ओलीमाथि नेपालको आक्रोश : अब हामी ओलीको टाङमुनि छिर्नेवाला छैर्नौं

LC (KTM) August 10, 2021 0

काठमाडौं २६ साउन । नेकपा ९एमाले० का वरिष्ठ नेता माधव नेपालले दम्भी, अहंकारी अध्यक्ष केपी ओलीसँग अब एकता नगर्ने संकेत देखाएका छन् ।

आज एक कार्यक्रमा सहभागी भएका नेपालले अब कुनै पनी हालतमा ओलीको टाङमुनि नछिर्ने भन्दै आक्रोश पोखेका छन् ।

‘हामी ओलीको टाङमुनि छिर्नेवाला छैर्नौं, अध्याँरो सुरुङमा जानेवाला छैनौं, दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चूनौति दिईनेछ । तिनीहरुलाई माथ गरेर नै अगाडि बढिनेछ । कार्यक्रममा नेपालले भने ।

यस धर्तीमा साहसी र बहादुर व्यक्तिहरुको मात्रै कदर हुने बताएका नेपालले दम्भी र घमण्डी नबनेर विनम्र भएर जायज र नाजायज कुराको विश्लेषण गरेर शक्ति र न्यायको बाटोमा निरन्तर अघि बढ्नुपर्ने बताएका छन् ।

आज संसद पुर्नस्थापना पछि पहिलो पटक संसदलाई सम्बोधन गरेका ओलीले नेपाल पक्षलाई लक्षित गर्दै आफ्ना दलका केहि नेतालाई मन्त्री बनाइदिनु भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर