घाँसपातले लुकाई राखेको अवस्थामा तीन थान एकनाले भरुवा बन्दुक बरामद — OSNepal

घाँसपातले लुकाई राखेको अवस्थामा तीन थान एकनाले भरुवा बन्दुक बरामद

LC (KTM) May 17, 2021 0

बागलुङ, ३ जेठ-बरेङ गाउँपालिका(१ सल्लेरी सामुदायिक वनमा वेबारिसे अवस्थामा रहेको ३ थान एकनाले भरुवा बन्दुक आइतबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त वनमा हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरेङडाँडाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सल्लाको रुखमुनी घाँसपातले लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस – कोरोना सङ्क्रमितलाई अक्सिजन किन्न चर्चित हाँस्य कलाकार राजारामले दिए १ लाख – हाँस्य कलाकार राजाराम पौडेलले कोरोना सङ्क्रमितलाई अक्सिजन किन्नका लागी १ लाख सहयोग गरेका छन् ।उनले अक्सिजन जोहोमा लागि भन्दै महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई उक्त रकम सहयोग गरेका हुन् ।पौडेलले पुनलाई सम्पर्क गरेर आफू पनि आम जनता बचाउने अभियानमा सहयोगी बन्ने भन्दै उक्त रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका हुन् ।रकम जम्मा गरिदिएको कुरा उनले सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् । पछिल्लो हप्ता आफ्ना छोरा बुहारीमा कोरोना देखिएका कारण धेरै समस्या भोगेपछि उनले सहयोग रकम दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर