ओलीमाथि भट्टराईको टिप्पणी : संसदको हत्या ,पटकपटक संविधानको उल्लंघनबारे न कुनै क्षमायाचना उल्टै जो चोर उसको स्वर — OSNepal

ओलीमाथि भट्टराईको टिप्पणी : संसदको हत्या ,पटकपटक संविधानको उल्लंघनबारे न कुनै क्षमायाचना उल्टै जो चोर उसको स्वर

LC (KTM) August 10, 2021 0

काठमाडौं २६ साउन । जनता समाजवादी पार्टी जसपाका नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद दिएको अभिव्यक्तिको बारेमा टिप्पणी गरेका छन् ।

ओलीको संम्बोधनलाई नेता भट्टराईले मुर्खको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत ओलीलाई संकेत गर्दै सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खक! भन्दै व्यंग्य गरेका छन् ।

उनले भनेका छन् , ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो !’ पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे क्षमायाचना माग्नु त कता हो कता भन्दै भट्टाईले उल्टै जो चोर उसको स्वर भन्दै ओली प्रति व्यंथ्ग्य गरेका छन् ।

उनले लेखेका छन्–‘“सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको”! भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो ! पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना !उल्टै जो चोर उसको स्वर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर