मेस्सी अब पीएसजीबाट खेल्ने, सम्झौताका लागि आजै पेरिस जाँदै — OSNepal

मेस्सी अब पीएसजीबाट खेल्ने, सम्झौताका लागि आजै पेरिस जाँदै

LC (KTM) August 10, 2021 0

काठमाडौं । बार्सिलोना छाडेको केही दिनमा नै लियोनल मेसी पेरिस सेन्ट जर्मेनसँग आवद्ध हुने भएइका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार सम्झौताका लागि मेस्सी आज नै पेरिस जाँदैछन् । आज नै उनको मेडिकल चेकजाँचपछि दुई पक्षबिच दुई वर्षे सम्झौता गर्ने बताइएको छ । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुन्छ । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यो पनि : मेस्सीको घरसम्म रुँदै पुगे बार्सिलोनाका फ्यान, देखियो यस्तो भावविह्वल माहोल : २१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेर विश्व चर्चित बनेका अर्जेन्टिनी स्टार खेलाडी मेस्सीले रुँदै क्लब छाडेका छन् ।क्लबबाट बिदाई हुने क्रममा निकै भावुक बनेका मेस्सी बार्सीलोनाबाट बिदा भएसँगै उनका फ्यानहरु मेस्सीलाई बिदाई गर्नका लागि उनको घर अगाडि जम्मा भएका छन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार क्याटालोनियाको कास्टेल्डिफेल्स जिल्लास्थित पहाडमा मेस्सीको आलिसान घर अगाडी जम्मा भएका उनका फ्यानहरु पनि उनको बिदाईसँगै निराश बन्दै उनको घर अगाडी जम्मा भएका थिए । मेसीका फ्यानले घरमा नै पुगेर क्लबले मेस्सीलाई फर्काउनमा भूमिका नखेलेखेको आरोप लगाएका छन् ।

मेस्सीले बार्सामा बस्नका लागि ५० प्रतिशत तलब घटाएर नयाँ सम्झौता गर्न प्रस्ताव राख्दा समेत स्पेनिस लिगको आर्थिक नियन्त्रण मापदण्ड र क्लबको ठूलो ऋणका कारणे यो संभव नभएको बताइएको छ । बार्सिलोनाबाट बिदा भएका मेस्सी अब भने पेरिस सेन्ट जर्माइन जाने संभावना बढेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर