देउवा नेतृत्वको सरकार जनताको काम गर्न होइन मिलिजुली खान बनेको गठवन्धन सरकार हो : ओली — OSNepal

देउवा नेतृत्वको सरकार जनताको काम गर्न होइन मिलिजुली खान बनेको गठवन्धन सरकार हो : ओली

LC (KTM) August 10, 2021 0

काठमाडौँ २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा ओलीले अहिलेको गठवन्धन सरकार मिलिजुली खान बनेको आरोप लगाएका छन् ।

बालुवाटरबाट बालकोट पुगेपछि पहिलो पटक संसदमा सम्बोधन गरेका ओलीले अहिलेको सरकार जनताको काम गर्न होइन मिलिजुली खान बनेको सरकार भएको आरोप लगाएका हुन् ।

सम्बोधन ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गर्दै भनेका छन्, ‘तपाई नेतृत्वको सरकारले कुनै काम गर्न सक्नु हुन्न, यो मिलिजुली खान बनेको सरकार हो, तपाईलाई कठिन हुन्छ ।

देउवालाई सुझाव दिँदै ओलीले तपाई नेतृत्वको सरकार विभिन्न रङमा हावी भएकाले त्यसबाट बची राष्ट्रिय नीतिमा लाग्न भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर