प्रचण्डलाई ओलीको जवाफ : तपाईहरु आगो हो ,विगतमा देशमा लगाएको डढेलो सम्झना छ तर डढेलो निभाउन हामीलाई पनि आउँछ — OSNepal

प्रचण्डलाई ओलीको जवाफ : तपाईहरु आगो हो ,विगतमा देशमा लगाएको डढेलो सम्झना छ तर डढेलो निभाउन हामीलाई पनि आउँछ

LC (KTM) August 10, 2021 0

काठमाडौँ २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार पुर्नस्थापना भएपछि पहिलो पटक संसदमा सम्बोधन गरेका छन् ।

संसदलाई सम्बोधा गर्ने क्रममा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् ।

अध्यक्ष प्रचण्डले संसदमै आफुहरु आगो हो ,आगोसँग खेल्नु राम्रो होइन भनेका थिए । यही विषयमा अध्यक्ष ओलीले तपाईहरु आगो हो विगतमा देशमा लगाएको डढेलो आफुलाई सम्झना भएको भन्दै भने ,’उहाँ आगो हो थाहा छ । डढेलो लगाउनु हुन्छ ।’

बैठकमा ओलीले आफुहरुलाई यस्तो डढेलो निभाउन आउने बताउँदै प्रचण्डलाई भने, ‘एक-दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस्’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर