देउवालाई लक्षित गर्दै ओलीले भने : राम्रो ग्रहदशाले प्रधानमन्त्री बनेको होइन, जनादेशबाट भएको हो — OSNepal

देउवालाई लक्षित गर्दै ओलीले भने : राम्रो ग्रहदशाले प्रधानमन्त्री बनेको होइन, जनादेशबाट भएको हो

LC (KTM) August 10, 2021 0

काठमाडौँ २६ साउन । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गर्दै आफु जाली मुद्दा जितेर परमादेशबाट प्रधानमन्त्री नभएको बताएका छन् ।

संसद पुर्नस्थापनापछि पहिलो पटक संसदलाई सम्बोधन गरेका ओलीले देउवाको व्यंग्य गर्दै आफु राम्रो ग्रहदशाले प्रधानमन्त्री नभएको भन्दै देउवालाई चुनौती दिँदै भने, ‘फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ मूल गेटबाट फेरि आइन्छ ।’

आफुलाई अपवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन हटाएको आरोप समेत लगाएका ओलीले देउवातिर संकेत गर्दै देउवा जस्तो नेताहरुको महत्वकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट आफु प्रधानमन्त्री नभएको समेत बताएका छन् ।

देउवा जस्तो उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन ‘म जनतमतको समर्थनमा जनादेशबाट प्रधानमन्त्री भएको हो’ ओलीले सम्बोधनमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर