काठमाडौँ २६ साउन । उपत्यकामा कोरोना संक्रमण बढ्लै गएकाले बिहिबारबाट राति सवारी साधन चलाउन नपाइने भएको छ ।
बिहिबारबाट लागु हुने गरी प्रशाशनले राति ८ बजेबाट उता सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निणर्य गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका दिएको जानकारी अनुसार रात्रिकालिन समयमा सञ्चालनमा आउने सवारीसाधनको आवतजावतमा थप कडाइ गरिएको बताएका छन् ।
यसै गरी भदौ ८ गते सम्म निषेधाज्ञा जारी रहने पनि पराजुलीले जनाएका छन् ।