सत्तापक्षको व्यंग्य गर्दै चौधरीको कविता : भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरियो, विजय गच्छदारलाई सामान्य धरौटीमा छोडियो — OSNepal

सत्तापक्षको व्यंग्य गर्दै चौधरीको कविता : भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरियो, विजय गच्छदारलाई सामान्य धरौटीमा छोडियो

LC (KTM) August 10, 2021 0

काठमाडौं २६ साउन । नेकपा (एमाले) की सांसद शान्ता चौधरीले सत्तारुढ दल नेपाली कांग्रेसको सरकारलाई प्रश्न गरेकी छन् ।

आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले गरिब जनातको आवाज नसुनेर अपराधिलाई छुटाउन लागि परेको हो भन्दै प्रश्न गरेकी हुन् । उनले संसद बैठकमा सत्ता पक्षलाई व्यंग्यात्मक शैलीमा कविता वाचन समेत गरेर सुनाएकी थिइन् । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरियो ।

विजय गच्छदारलाई सामान्य धरौटीमा छोडियो भन्दै कविता वाचन समेत गरेकी छन् । शून्य समयमा बोल्दै सांसद चौधरी लेदलाल पुँजीवादको नेतृत्व गर्ने सरकारसँग कुनै आशा छैन्
भन्ने शिर्षक राखि यस्तो कविता वाचन गरेकी थिइन् ।

आलिशान महलमा तिम्रो बाश छ गरिबको गाँश खोस,
भूमिहिनको सपनामाथि आगो झोस
सिसाको महलबाट भोको पेट लिएर सडकमा छट्पट्एिकाहरुलाई ढुंगा हान
संसद्लाई लात हान
गठबन्धनप्रति जवाफदेही बन
संविधान हामी चिन्दैनौं, संसद् हामी जान्दैनौं
हाम्रो एउटा गबन्धन छ, त्यही गठबन्धनको एउटा उच्चस्तरीय संयन्त्र छ
संसद्ले भनेको मान्दैनौं उच्चस्तरीय संयन्त्रले भनेको मान्र्छौं
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरियो ।
विजय गच्छदारलाई सामान्य धरौटीमा छोडियो
अब अफ्ताब आलमलाई छोडिन्छ
नियम कानून तोडिन्छ
सर्वसाधारण जनताको बारेमा के मतलब ?
कोरोना को खोप त हुने खानेहरुलाई खोजेर लगाईन्छ
हामी त परमादेशबाट बनेको सरकार पो हो त
चानचुने कहाँ हो र ?
स्यावास सरकार, स्यावास
लाज लाग्यो मुकुण्डो किनेर ल्याउँला
अझै यस्तै यस्तै हर्कत गर्दै गर सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर