ओलीलाई ढोकाबाट होईन, झ्यालबाट हटाउने काम भयो : खिमलाल भट्टराई — OSNepal

ओलीलाई ढोकाबाट होईन, झ्यालबाट हटाउने काम भयो : खिमलाल भट्टराई

LC (KTM) August 10, 2021 0

काठमाडौं २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले अध्यक्ष केपी ओली फेरि सत्तामा आउने दावी गरेका छन् ।

आज मंगलबार भएको राष्ट्रिय सभाको बैठकमा सांसद भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

देशले जन्माएको राजनेतालाई पराजित गर्न सम्भव नभएको बताएका भट्टराईले ओली बालुवाटार छाडेर बालकोट गएपनि राजनीति उनकै वरिपरि घुमेको सबेले देखेको र सदनमा आउँदा समेत उनकै चर्चा भएको समेत बताएका छन् ।

बैठकमा उनले भने, एउटा आशालाग्दो सरकार थियो, बाहिरियो भन्ने छ । जनताले आफ्नो जीवनस्तर उकासिन्छ भनिएको थियो । मुद्दा मामिलाबाट हटाउने काम भयो । ढोकाबाट होईन, झ्यालबाट हटाउने काम भयो भनेर जनताले चोक चोकमा चर्चा गरेको पाउँछौं । राजनेतालाई पराजित गर्न सकिँदैन् । केपी ओलीको निष्ठामाथि प्रहार गर्ने काम भयो । वैचारिक रुपमा खण्डन गर्ने काम त हुन्छ, तर उहाँको निष्ठामाथि प्रहार त गलत हो । आज नेपालको राजनीतिमा १४ वर्ष जेलजीवन व्यतित गरेको नेता कोही छैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर