माओवादीले आफ्नो अस्तित्व कहिलेले कांग्रेसको पछि लागेर त कहिले एमालेको पछि लागेर रक्षा गरिरहेको छ — OSNepal

माओवादीले आफ्नो अस्तित्व कहिलेले कांग्रेसको पछि लागेर त कहिले एमालेको पछि लागेर रक्षा गरिरहेको छ

LC (KTM) August 10, 2021 0

काठमाडौँ २६ साउन । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले सत्तारुढ नेपाली कांग्रेस दयनीय अवस्थामा भएको बताएका छन् ।

आज मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता भट्टराईले कांग्रेस कुहिराको काग भएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । सरकारमा रहेकाले कांग्रेस बलियो छ भन्ने मात्र लागेको तर विचारधाराको हिसावले कांग्रेस मृत्युप्राय: भइसकेको भट्टराईको दावी रहेको छ ।

यो सरकारले लिपुलेक, कालापानी हाम्रो हो भन्न नसक्ने बताएका उनले भने, ‘कांग्रेस कुहिरोको काग भएको छ । माओवादी वैशाखीको खोजीमा छ । माओवादीका साथीहरुले समीक्षा गरे हुन्छ, कहिले एमालेको पछि लागेर कहिले कांग्रेसको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्नुपरेको छ ।’

बैठकमा उनले अध्यक्ष केपी ओली राजनेता भएको दावीका साथ राजनीति राजनेताकै वरीपरी घुम्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर