अब दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा स्वस्तिमाको अभिनय — OSNepal

अब दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा स्वस्तिमाको अभिनय

LC (KTM) August 10, 2021 0

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले अब दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा पनि अभिनय गर्ने भएकी छन् ।निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमा’सँग मिलेर फिल्म निर्माण गर्न लागेका हुन् । फिल्ममा स्वस्तिमाका अलवा माओत्से गुरुङ, उमेश तामाङ लगायत नेपाली कलाकारको अभिनय रहनेछ ।

त्यस्तै भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतको मुख्य भूमिका रहेको बताइएको छ । फिल्मलाई राजिब सेट्टीले निर्देशन गर्नेछन् । हालै छायाँकन पूरा गरेको फिल्मको निर्माण युनिटले नेपाली कलाकार माओत्से गुरुङको अभिनय रहेको सुटिङ सेटका केही तस्विरहरु सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्बिरमा नेपालको पहाडी भेगका दृश्य देख्न सकिन्छ ।फिल्ममा माओत्सेको महत्वपूर्ण भूमिका रहेको छ । हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा फिल्म रिलिज हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर