डिएसपीसहित करिब ३० जना प्रहरीलाई कारवाही — OSNepal

डिएसपीसहित करिब ३० जना प्रहरीलाई कारवाही

LC (KTM) August 10, 2021 0

काठमाडौं २६ साउन । प्रश्नपत्र चोरीमा डिएसपीसहित करिब ३० प्रहरीको संलग्नता रहेको चोरीसम्बन्धि अनुसन्धान सकिएको छ ।

राष्ट्रसंघीय शान्ति मिसनमा खटिने प्रहरीलाई लिइने प्रि स्याट परीक्षामा भएको प्रश्नपत्र चोरीको आरोपमा गठित टोलीले आज प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाउने भएका छन् ।

उक्त अनुशन्धानमा डिआइजी बसन्त लामा नेतृत्वको टोलीले अनुशधान गरेको हो । यूएन शाखामा ८ वर्ष काम गर्दै आएका हवल्दार कुमार शाहको योजनामा यूएन शाखामै कार्यरत परिचर सुरेश बमले एसपी अनुपमशमशेर जबराको दराजबाट प्रश्नपत्र चोरी गरेको खुल्न आएको छ ।

हवल्दार शाहले डिएसपी रुपेश खड्का लगायतलाई प्रश्नपत्र दिएको र डिएसपी खड्काले प्रश्नपत्र पाउँदा सम्म कसैलाई अरुलाई पनि प्रश्नपत्र दिएको खुल्न आएको छ ।

अन्य प्रहरीले पनि प्रश्नपत्र पाएपनि खबर नगरेकाले खड्का सहित ३० जना प्रहरीलाई कारवाही हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर