केपी ओली देशकै सगरमाथा हुन् भने माधव नेपाल राष्ट्रघाती र गद्दार नेता हुन् : मण्डल — OSNepal

केपी ओली देशकै सगरमाथा हुन् भने माधव नेपाल राष्ट्रघाती र गद्दार नेता हुन् : मण्डल

LC (KTM) August 10, 2021 0

काठमाडौं साउन २६ । नेकपा एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले माधव नेपाल विनाको एमाले पार्टी बन्ने बताएका छन् ।

आज बिहान एक कार्यक्रम मार्फच नेता मण्डले अब पार्टीबाट नेपाललाई हटाएर नेपाल विनाको एमाले बनाइने दावी गरेका ह्ुन् ।

अरुको इसारामा चलेका नेपालले आफ्ने घरमा आगो लगाएर खरानी बनाएका छन् । तसर्थ नेपाल पार्टीको धरोहर होइन गद्दार हुन् मण्डले कार्यक्रममा भने ।

‘उनी होलीवाइनका सूत्रधार हुन् । सनातन धर्ममाथि प्रहार गर्ने मान्छे हुन् , उनले भनेका छन्, केपी ओली एमालेका मात्र होइन, देशकै सगरमाथा हुन् । केपी ओलीजस्तो नेता नेपालको इतिहासमा कोही जन्मेकोे छैन ।’

नेपाल अब पार्टीका भित्राए पनि विद्रोह हुने बताएका मण्डलले नेपाल देउवा र प्रचण्डजस्ता भ्रष्ट नेतालाई अघि बढाउने राष्ट्रघाती नेता भएको आरोप समेत लगाएका छन् ।

दुई ठाउँमा हारेर प्रधानमन्त्री बनेका नेपाल स्वर्गका राजा इन्द्र हुन् कि ब्रह्म, विष्णु महेश्वर हुन् ? पार्टीको प्रधानमन्त्रीलाई निष्कासन गर्ने उनको के हैसियत छ ? उनले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर