प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पहिलो पटक संसदमा सम्बोधन गर्दै ओली — OSNepal

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पहिलो पटक संसदमा सम्बोधन गर्दै ओली

LC (KTM) August 10, 2021 0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओली आज संसदमा सम्बोधन गर्ने भएका छन् । यस अघि ओली प्रधानमन्त्रीलाई बधाइ दिने बेलामा समेत ओली अनुपस्थिति रहेका थिए ।

प्रधानमन्त्री देउवा तथा सत्ता गठबन्धनका नेता प्रचण्डले समेत संसदको पहिलो बैठकमा ओलीको खोजी भएको थियो । आजको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले संम्बोधन गर्ने तय भएको बताइएको छ ।

ओलीले सरकार गठन, सर्वोच्चको परमादेश र यसबीचका घटनाक्रम तथा सरकारको न्युनतम साझा कार्यक्रममाथि प्रश्न उठाउने बताइएको छ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक संसदमा सम्बोधन गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर