मेस्सीको घरसम्म रुँदै पुगे बार्सिलोनाका फ्यान, देखियो यस्तो भावविह्वल माहोल — OSNepal

मेस्सीको घरसम्म रुँदै पुगे बार्सिलोनाका फ्यान, देखियो यस्तो भावविह्वल माहोल

LC (KTM) August 10, 2021 0

काठमाडौं । २१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेर विश्व चर्चित बनेका अर्जेन्टिनी स्टार खेलाडी मेस्सीले रुँदै क्लब छाडेका छन् ।

क्लबबाट बिदाई हुने क्रममा निकै भावुक बनेका मेस्सी बार्सीलोनाबाट बिदा भएसँगै उनका फ्यानहरु मेस्सीलाई बिदाई गर्नका लागि उनको घर अगाडि जम्मा भएका छन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार क्याटालोनियाको कास्टेल्डिफेल्स जिल्लास्थित पहाडमा मेस्सीको आलिसान घर अगाडी जम्मा भएका उनका फ्यानहरु पनि उनको बिदाईसँगै निराश बन्दै उनको घर अगाडी जम्मा भएका थिए । मेसीका फ्यानले घरमा नै पुगेर क्लबले मेस्सीलाई फर्काउनमा भूमिका नखेलेखेको आरोप लगाएका छन् ।

मेस्सीले बार्सामा बस्नका लागि ५० प्रतिशत तलब घटाएर नयाँ सम्झौता गर्न प्रस्ताव राख्दा समेत स्पेनिस लिगको आर्थिक नियन्त्रण मापदण्ड र क्लबको ठूलो ऋणका कारणे यो संभव नभएको बताइएको छ । बार्सिलोनाबाट बिदा भएका मेस्सी अब भने पेरिस सेन्ट जर्माइन जाने संभावना बढेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर