माधव नेपाल भनेर अब कुरेर बस्न सकिन्न भन्दै गर्जिए ओली, देखिएन कुरा मिल्ने संकेत — OSNepal

माधव नेपाल भनेर अब कुरेर बस्न सकिन्न भन्दै गर्जिए ओली, देखिएन कुरा मिल्ने संकेत

LC (KTM) August 10, 2021 0

पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले प्रस्ताव गरेको संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

त्यस्तै, अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने पनि प्रस्तावित संशोधनमा उल्लेख गरिएको तामाङले बताए । विधान संशोधन पारित भएसँगै केन्द्रीय कमिटी २ सय २५ जनाको राख्ने, पार्टीले उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउने पनि प्रस्तावित विधानमा उल्लेख छ ।

विधान महाधिवेशनका निम्ति पार्टीले चारवटा समिति गठन गर्ने निर्णयसमेत गरेको छ । ती समितिहरूले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेश गरिनेछ । अध्यक्ष ओली समूहको केन्द्रीय कमिटीको उक्त निर्णयप्रति वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाएको छ ।

राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजक अध्यक्ष केपी शर्मा ओली आफैं रहेका छन् भने सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे रहेका छन् । त्यसै गरी संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा ईश्वर पोखरेल रहेका छन् छ भने सदस्यहरूमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल रहेका छन् । विधान संशोधन मस्यौदा समितिको संयोजकमा विष्णु पौडेल र सदस्यहरूमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल, प्रभु साह रहेका छन् । त्यसै गरी व्यवस्थापन समितिको संयोजनमा राम बहादुर थापा र सदस्यहरूमा मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा रहेका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको नाममा अब धेरै समय कुर्न नसकिने बताए ।उनले एमालेमा फर्किएर काम गर्न चाहनेका लागि जहिले पनि स्वागत रहेको भन्दै अब कसैलाई पर्खेर नबस्ने बताए । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तल्ला कमिटीका गतिविधिहरू नरोक्न निर्देशन पनि दिए । पार्टी जेठ २ अघिकै अवस्थामा पुगेको भन्दै उनले माधवकुमार नेपाल पक्षमा लागेका तर पार्टीको जिम्मेवारी लिन चाहनेलाई बिना संकोच जिम्मेवारी दिन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए ।

नेपाल पक्षले आफूलाई सच्चिने अन्तिम मौका भनेर फरमान जारी गरेको भन्दै आ’क्रोशि’त मुद्रामा अध्यक्ष ओलीले भने–‘मलाई सच्चिने अन्तिम मौका छ, माफी माग भनेछन् । अब मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर