खगेन्द्र संग्रौलाले गर्जदै भने ओलीले धरहरा र रानीपोखरी आफ्नै सम्पती खर्चेर बनाएका हुन् ? — OSNepal

खगेन्द्र संग्रौलाले गर्जदै भने ओलीले धरहरा र रानीपोखरी आफ्नै सम्पती खर्चेर बनाएका हुन् ?

LC (KTM) August 10, 2021 0

काठमाडौं । वरिष्ठ लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले केपी शर्मा ओलीले रानीपोखरी र धरहरा आफ्नै खर्चमा बनाएको जस्तो गरी प्रचार गरेको बताएका छन् ।

सोमबार एमालेको ११ औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने चिजहरु भने पछि संग्रौलाले यस्तो भनेका हुन् । ओलीले वर्तमान गठबन्धन सरकारले आफ्नो कार्यकालमा भएका राम्रो कामको पनि जस नदिएको भन्दै गुनासो गरेका थिए । त्यसपछि रानीपोखरी र धरहरा आफ्नै खर्चमा बनाएका हुन ? भन्दै संग्रौलाले सामाजिक संजाल मार्फत प्रश्न गरेका हुन् ।

उनले लेखेका छन् ‘धरहरा र रानीपोखरी खड्गप्रसाद शर्मा ओलीले आफै नक्सा कोरेर, आफ्नै निजी सम्पती खर्चेर, आफै सिमेन्ट, गिट्टी र छड बोकेर, आफ्नै हातले बनाएका हुन् कि कसो रु’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘नत्र यी दुई चीज ओलीकै पौरख र निजकै गौरव हुन् झै गरी स्वयं ओली र उनका बाहुबली गणले किन यतिसाह्रो कर्कश बकबक गरेका ? ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर