राम्रो पारिश्रमिक पाउने भएपछि लुकाकु चेल्सी फर्किने तयारीमा — OSNepal

राम्रो पारिश्रमिक पाउने भएपछि लुकाकु चेल्सी फर्किने तयारीमा

LC (KTM) August 10, 2021 0

काठमाडौँ । राम्रो पारिश्रमिक पाउने भएपछि रोमेलु लुकाकु चेल्सी फर्कने भएका छन् । चेल्सीले प्रस्ताव गरेको १ सय १५ मिलियन युरो लिएर लुकाकु लण्डन फर्कन लागेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

सन् २०१४ मा चेल्सी छाडेका २८ वर्षिया फरवार्ड लुकाकुले मिलान क्लबमा आफ्नो पहिलो चरणको मेडिकल प्रक्रिया पुरा गरेको बताइएको छ । लुकाकुले चेल्सीसंग ५ वर्षको सम्झौता गर्ने अपेक्षा गरिएको छ ।

युरोपको उत्कृष्ट फरवार्डको रुपमा आफुलाई प्रमाणित गरेका लुकाकुले एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म १ सय ६६ खेलमा ८७ गोल गरेका थिए । त्यस्तै उनले म्यान्चेष्टर युनाईटेडमा बिताउदा उनले ९६ खेलमा ४२ गोल गरे ।

यि गोल उनले २ वर्षको समयमा गर्न सफल भएका थिए । चेल्सीले घरेलु लिगमा खासै उपाधिमा चुनौती दिन नसकिरहेको समयमा लुकाकुको आगमनले खेलमा धेरै कुरा फेरिने चेल्सी प्रशिक्षक थोमस टुचेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर