प्रकाश सपुतको तीज गीत कुरा बुझ्न पर्च ,युटुब देखी टिकटक समेतमा तहल्का पिट्न सफल , अचेलका केटीहरुले कस्तो श्रीमान् चाहान्छन् यो गीतले बताउनेछ — OSNepal

प्रकाश सपुतको तीज गीत कुरा बुझ्न पर्च ,युटुब देखी टिकटक समेतमा तहल्का पिट्न सफल , अचेलका केटीहरुले कस्तो श्रीमान् चाहान्छन् यो गीतले बताउनेछ

LC (KTM) August 09, 2021 0

महिलाहरुको चाड तीज नजिकिदै जाँदा गीतहरु सार्वजनिक गर्ने होड नै चलेको छ । अहिले युटुबको ट्रेण्डिङमा तीजकै गीतहरु देखिने गरेको छ । जुनसुकै गीत भए पनि गायक प्रकाश सपुतको गीत भने पछि औधी नै रुचाईने गरीएको छ ।

उनले अचेलका महिलाहरुको भावना कस्तो हुन्छ भन्ने समय सान्दर्भिक कुरा आफ्नो गीत मार्फत सार्वजनिक गरेका छन् । शुक्रबार सार्वजनिक भएको प्रकाश सपुतको गीत कुरा बुझ्न पर्च युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ओगट्न सफल भएको छ । सपुतको तीज गीतमा चर्चित गायिका शान्ती श्री परियार र समीक्षा अधिकारीले स्वर भरेका छन् ।

यस गीतको भिडियोमा भने नायिकाद्धय स्वस्तिमा खड्का, आँचल शर्मा तथा कलाकार लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको सशक्त अभिनय रहेको छ । अचेलका केटीहरुले आफ्नो श्रीमान् कस्तो होस् भन्ने चाहान्छन् भन्ने कुरा यस गीतले सन्देश दिएको छ ।

सपुतको यो गीतले युटुबमा अपलोड भएको २४ घण्टामै ट्रेन्डिङको एक नम्बर ओगट्न सफल भएको थियो । युट्युबको यो भिडियो २६ लाख भन्दा बढीले हेरीसकेका छन् । टिक टकमा समेत यो गीतले तहल्का नै पिटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर