१३ औ संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने — OSNepal

१३ औ संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने

LC (KTM) August 09, 2021 0

बंगलादेशले कोरोना संक्रमणका कारण साफ च्याम्पियनसिप फुटबल गर्न नसक्ने जनाउ दिए संगै अब १३ औ संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल महासंघ साफले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो ।

बंगलादेशले गर्न नसक्ने बताए पछि नेपाल र माल्दिभ्सले साफ च्याम्पियनसिप फुबटल आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए । तर सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो । नेपालमा भन्दा कोरोना संक्रमणको अवस्था त्यहाँ न्युन रहेको र सुरक्षित पनि भएकोले माल्दिभ्समै गर्ने निर्णय भएको एन्फाका महासचिब इन्द्रमान तुलाधरले जानकारी दिए ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ । १३ औं साफमा नेपाल, भारत,बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ । भुटानको भने टुंगो लागिसकेको छैन तर तीन दिनपछि भुटानको पनि निर्णय आइसक्ने एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर