दाङमा खोला तर्ने क्रममा बगाउँदा आमाछोराको मृत्युु, गहिरो शोकमा डुब्यो गाउँ — OSNepal

दाङमा खोला तर्ने क्रममा बगाउँदा आमाछोराको मृत्युु, गहिरो शोकमा डुब्यो गाउँ

LC (KTM) August 09, 2021 0

काठमाडौ । दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीे रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो । उनीहरुको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर