दुर्गेश थापाले ल्याए अर्काे गीत , आफ्ना बिरोधीहरु लाई गीत बाटै दिए यस्तो दनक — OSNepal

दुर्गेश थापाले ल्याए अर्काे गीत , आफ्ना बिरोधीहरु लाई गीत बाटै दिए यस्तो दनक

LC (KTM) August 09, 2021 0

ख्यास्स पुतली भन्ने शब्दका कारण बिबादमा तानिएका गायक दुर्गेश थापाले फेरी अर्काे गीत ल्याएका छन् । यसअघि ल्याएको बिच बिचमा को सिरिज ४ मा प्रयोग भएको ख्यास्स पुतली शब्दका कारण उनलाई लोक दोहोरी प्रतिष्ठानले बहिष्कार गर्ने घोषणा गरेको थियो ।

प्रतिष्ठानको चौतर्फि बिरोध पछि फेरी बिज्ञप्ति निकालेर सदस्यता खारेज गर्ने घोषणा मात्र गरिएको भन्दै आफ्नो गल्ती सच्याएको थियो । तर गायक दुर्गेशले भने प्रतिष्ठानको यो कदमको बिरोध गर्दै बहिष्कार शिर्षकमा गीत ल्याउने घोषणा गरेका थिए । उनले अब बिच बिचमा को सिरिज ‘बिच बिचमा–५’ ल्याएका छन् ।

उनका गीतमा यसपटक भने त्यस्ता बिरोधाभाष शब्दहरु प्रयोग गरिएको छैन । तर उनले गीत मार्फत आफ्नो विरोध गर्नेलाई गतिलै जवाफ दिएका छन् । यस गीतमा उनको आफ्नै स्वर छ भने उनलाई बसन्त थापाले साथ दिएका छन् । यस गीतको शब्द र संगीत दुर्गेश आफ्नै रहेको छ ।

साहस शाक्यको एरेञ्ज रहेको गीतमा चन्द्र चौधरीको मिक्सिङ रहेको यो गीतको भिडियोमा नायक पल शाह, गायक दुर्गेश, बालकलाकारहरु जेभिन–जेभिस, आयुषी ढकाल र सिमोन कोनाजु देखिएका छन् । डि सेरीज युटुब च्यानलमा अपलोड गरिएको यो भिडियो लाई ३ घण्टामा १ लाख ७५ हजार जनाले हेरीसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर