ओलीको चुनौती : सक्छौं भने गठवन्धन सरकार ! मेरा याद आउने सबै संरचना भत्काइदेऊ — OSNepal

ओलीको चुनौती : सक्छौं भने गठवन्धन सरकार ! मेरा याद आउने सबै संरचना भत्काइदेऊ

LC (KTM) August 09, 2021 0

काठमाडौँ २५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको एक महिना हुन लाग्दा पनि सरकार गठन गर्न नसेकेको प्रति आक्रोश पोखेका छन् ।

आज बसेको स्थायी कमिटिको बैठकमा ओलीले गठवन्धन सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसलाई लक्षित गर्दै हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरुको पार्टीको किचलो छरपस्ट भएको आलोचना समेत गरेका छन् ।

बैठकमा ओलीले आफ्ना याद आउने सबै संचना भत्काउन समेत चुनौती समेत दिएका छन् । उनले बैठकमा भत्काइदेउ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक र पूल तथा विमानस्थलहरु सबै भत्काइ दिन समेत ओलीले चेतावी दिएका छन् ।

असंवैधानिक र अपवित्र जालीझेलीहरुको गठबन्धन सरकारले अब राष्ट्रको समय बर्बाद गर्न पाउँछ भन्दै ओलीले प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर