नेकपा एमालेको विधान संशोधन प्रस्ताव: स्थायी कमिटी खारेज , अध्यक्ष बाहेक सबै अन्य पदाधिकारीहरु केन्द्रीय कमिटीले चयन गर्ने — OSNepal

नेकपा एमालेको विधान संशोधन प्रस्ताव: स्थायी कमिटी खारेज , अध्यक्ष बाहेक सबै अन्य पदाधिकारीहरु केन्द्रीय कमिटीले चयन गर्ने

LC (KTM) August 09, 2021 0

काठमाडौँ २५ साउन । नेकपा एमालेको आज बसेको केन्द्रिय किमिटको बैठकले पार्टीको महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव अघि सारेको छ ।

आज सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षका बैठकले यस्तो निणर्य गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुने उल्लेख गरिएको छ ।

साथै आजको बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने तथा आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय समेत गरेको जनाइएको छ ।

अध्यक्षबाहेक सबै अन्य पदाधिकारीहरु केन्द्रीय कमिटीले चयन गर्ने निणर्य समेत आजको बैठकले गरेको छ । अध्यक्ष चयनको लागि भने महाधिवेशनबाट निर्वाचित हुनुपर्ने प्रस्ताव पारित भएको छ ।

त्यसैगरी, आजको बैठकले स्थायी कमिटी खारेज गर्ने, पोलिटब्यूरो र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने तथा प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष सचिव र दुई सहसचिव रहने , सबै कमिटीमा अध्यक्ष र कमिटी अधिवेशनबाट चुनिने प्रस्ताव विधानमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर