नेपालमा सोमबार ३६५१ जनामा कोरोना संक्रमण पुष्टि — OSNepal

नेपालमा सोमबार ३६५१ जनामा कोरोना संक्रमण पुष्टि

LC (KTM) August 09, 2021 0

काठमाडौं । नेपालमा सोमबार ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार १६ हजार ५९४ जनामा गरिएको परीक्षणमा ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको पीसीआर परीक्षणमा २ हजार ६०९ र ६ हजार १४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको हो ।

आज १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार निको हुने दर ९३।५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर