स्थायी कमिटिको बैठमा गौतमले ओलीलाई कारवाही गर्नुपर्छ भनेपछि... — OSNepal

स्थायी कमिटिको बैठमा गौतमले ओलीलाई कारवाही गर्नुपर्छ भनेपछि…

LC (KTM) August 09, 2021 0

काठमाडौं २५ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौमतले अध्यक्ष केपी ओलीलाई पनि कारवाही हुनुपर्ने संकेत गरेका छन् ।

आज सोमबार अध्यक्ष केपी ओलीको पक्षको पार्टीको स्थायी कमिटिको बैठकमा सहभागी भएका गौतमले पार्टी अध्यक्ष भयो भन्दै जे पायो त्यही बोल्न पाइन्छ पार्टीमा कसैले गल्ती गर्यो भने राजनीतिक कारबाही हुनुपर्छ भन्दै ओलीलाई कारवाही गर्नुपर्ने संकेत गरेका हुन् ।

बैठकमा गौतमले वरिष्ठ नेता माधव नेपाललाई गद्दार , देशद्रोही भन्न नमिल्ने भन्दै भने, ‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्इक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्यो । बोल्नुहुँदैन भने किन बोल्नुभयो ? मनपरी गर्न पाइँदैन ।’

ओलीले अध्यक्ष भएर मनलागी गरेको भन्दै अध्यक्षले जे बोले पनि अध्यक्षको अधिकार हो भने अध्यक्षका अधिकारहरु भन्ने शिर्षकमा विधानमा किटानसाथ उल्लेख गर्नुपर्ने व्यग्य समेत गर्नुपर्ने बताएका छन् ।

ओलीलाई पनि कारवाही गर्नुपर्ने भन्दै आक्रोश पोखेका गौतम माथि अध्यक्ष ओली पनि खनिए । त्यस लगत्तै, गौतम बैठकबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर