मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएको अवस्थामा मदन–आश्रित रहस्य सुल्झाउनु पर्ने भट्टराईको भनाइ — OSNepal

मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएको अवस्थामा मदन–आश्रित रहस्य सुल्झाउनु पर्ने भट्टराईको भनाइ

LC (KTM) May 17, 2021 0

काठमाडौँ ३ जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएको यो अवस्थामा जननेता मदन भण्डारीको दुर्घटना अथवा हत्या के हो भन्ने रहस्य सुल्झाउनुपर्ने टिप्पणी गरेका छन् ।

नेता भट्टराईले आज २८औं मदन–आश्रित स्मृति दिवसका दिन सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेबम हुन् ।

ट्वीटरमा भट्टराईले लेखेका छन्, २०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन–आश्रितप्रति हार्दिक श्रद्धा सुमन!’ उनले लेखेका छन्, ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं।’नत्र वहॉहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं!

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर