लोड सेडिगं हटाएर चर्चा कमाएका कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी — OSNepal

लोड सेडिगं हटाएर चर्चा कमाएका कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी

LC (KTM) August 09, 2021 0

काठमाडौं- लोड सेडिगं हटाएर चर्चा कमाएका कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी भएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी हुन् ।मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव तयार पारेको बताइएको छ ।

मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ । सोही बैठकमा कुलमानलाई नियुक्त गर्ने प्रस्ताव लैजाने तयारी भएको हो ।केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरे पछि ओलीको चर्को आलोचना भएको थियो ।

तर १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन् ।
कुलमानलाई नियुक्त गर्ने चर्चा चलेसँगै सर्वसाधारण जनता खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर