सङ्क्रमण दर ह्वात्तै बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने तयारी ! — OSNepal

सङ्क्रमण दर ह्वात्तै बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने तयारी !

LC (KTM) August 09, 2021 0

काठमाडौं- कोरोना सङ्क्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने तयारी भएको छ । निषेधाज्ञाको अवधि यही साउन २७ गते मध्यराति सकिँदै गर्दा निषेधाज्ञा कडा पार्ने तयारी भएको बताइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले साउन २७ पछि निषेधाज्ञा थप गर्ने र त्यसपछिको निषेधाज्ञा अलि कडा पार्ने कि भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको बताए ।

कुन कुन क्षेत्रमा कडाइ गर्ने भन्ने विषयमा चाहिँ तय भइनसकेको उनले बताए ।लफलपछि मात्रै भन्ने सकिने पराजुलीको भनानइ छ । पछिल्ला केही दिनहरूमा देशभर भेटिएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा झण्डै एक तिहाई सङ्क्रमित भेटिन थालेपछि थष्प चिन्ता बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न जिल्लामा १२ हजार ३७८ जनाको नमूना परीक्षण गर्दा भेटिएका २ हजार ५४८ मध्ये काठमाडौं उपत्यकामा मात्रै ९५१ जनामा सङ्क्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर