जसपामा अब एक जना मात्र अध्यक्ष, ठाकुरसहित १८ जना केन्द्रीय नेताहरु पदमुक्त — OSNepal

जसपामा अब एक जना मात्र अध्यक्ष, ठाकुरसहित १८ जना केन्द्रीय नेताहरु पदमुक्त

LC (KTM) August 09, 2021 0

काठमाडौा २५ साउन । अध्यक्ष महन्थ ठाकुर सहित डाकुर पक्षका सबै नेताहरुको नाम जनता समाजवादी पार्टी ९जसपा०बाट हटेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा अध्यावधिक गर्न दिएको निवेदनको आधारमा ठाकुर सहित १८ जना नेताहरुको नाम पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट हटाएर अध्यावधिक गरिदिएको आयोगले जनाएको छ ।

आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि नयाँ विवरण अध्यावधिक गर्न आयोगमा यादवले निवेदन दिएका थिए । आयोगले दिएको यो विारण सँगै अब ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्नुपर्ने वाध्यतात्मक अवस्था सिर्जना भएको छ ।

यथपी, आज सम्म भने यादव पक्षले स्पष्टिकरण सोधेको छैन । अब यो पनि गर्यो भने ठाकुर सहित अन्य नेताको पनि सांसद पद जाने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर