जसपाका यी सांसदहरुले दायर गरेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश — OSNepal

जसपाका यी सांसदहरुले दायर गरेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

LC (KTM) August 09, 2021 0

काठमाडौँ २५ साउन । जनता समाजवादी पार्टी जसपाका लुम्बिनी प्रदेशसभाका सांसद पद गुमाए तीन पुर्व सांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पार्टीको निणर्य विपरित लुम्बिनी सरकारलाई साथ दिएको भन्दै जसपाले तिन सांसदलाई कारवाही गर्दै सांसद पदबाट मुक्त गरेको थियो ।

आज सोमबार सर्वोच्च अदालतले सांसद विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेयले सांसद पदको लागि पुन नियुक्तको माग गर्दै दायर गरेको रिटमा अन्तिरिम आदेश दिन अस्विकार गरेको हो ।

अन्तिरिम आदेशका लागि छलफल गर्न अब सर्वोच्चले भदौ ८ गते दुवै पक्षलाई बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर