नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित,अध्यक्ष र महासचिव बाहेक अरु पदाधिकारी मनोनीत — OSNepal

नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित,अध्यक्ष र महासचिव बाहेक अरु पदाधिकारी मनोनीत

LC (KTM) August 09, 2021 0

काठमाडौँ २५ साउन । नेकपा एमालेको स्थायी कमिटिको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । अध्यक्ष केपी ओली पक्ष मात्र उक्त बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

आज सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको सथायी कमिटिको बैठकले अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने निणर्य गरेको छ ।

आठौं र नवौं महाधिवेशनमा सबै पदाधिकारी हलबाटै निर्वाचित भएकामा वरिष्ठ नेता माधव नेपाल समुहसँ एकताको प्रयास भइरहदा अध्यक्ष र महासचिव बाहेक अरु पदाधिकारीको मनोनीत हलबाटै गर्ने निर्णय आजको बैठकले गरेको हो ।

अब केहि बेरमा नै बस्ने केन्द्रिय किमिटिको बैठक उक्त प्रस्ताव पेश गरिने छ । विधान संधोधन गरेर पार्टीबाट वरिष्ठ नेता नराख्ने प्रस्ताव समेत अहिले बस्ने केन्द्रिय कमिटिको बैठकमा छलफल गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर