पार्टीको विधान मस्यौदा प्रस्ताव पारित गर्ने विषयमा सुरु भयो नेकपा एमालेको स्थायी कमिटिको बैठक ,नेपाल पक्ष अनुपस्थित — OSNepal

पार्टीको विधान मस्यौदा प्रस्ताव पारित गर्ने विषयमा सुरु भयो नेकपा एमालेको स्थायी कमिटिको बैठक ,नेपाल पक्ष अनुपस्थित

LC (KTM) August 09, 2021 0

काठमाडौं २५ साउन । नेकपा ९एमाले० को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा सुरु भएको छ ।

बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुको सहभागिता भने नभएको बुझिएको छ । तथापी उपाध्यक्ष बामदेव गौतम भने सहभागी भएका छन् । स्थायी कमिटिको बैठक सकिए लगत्तै आजै कन्द्रिय कमिटिको समेत बैठक बस्नै भएको छ ।

स्रोतका अनुसार आज दिउँसो १ बजे बस्न लागेको केन्द्रिय कमिटिको एजेण्डा निर्धारण गर्न अहिले स्थायी कमिटिको बैठक बसेको हो ।

पार्टी एकताको लागि भन्दे हिजो बस्ने स्थायी कमिटिको बैठक आज बसेको हो । नेपाल समुहले भने सदस्यता नविकरण र विधान अधिवेशनलगायतका सबै काम स्थगित् गर्न आग्रह गरेको थियो ।

तर, अध्यक्ष केपी ओलीले एकताको नामा सधैँ पार्टीको कामलाई थाती राख्न नमिल्ने भन्दै काम सुचारु हुने बताएका छन् । आजको स्थायी कमिटी बैठकले पार्टीको विधान मस्यौदा प्रस्ताव पारित गर्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर